logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • मेस्सी, नेमार र एमबाप्पेकै केही लागेन

    मेस्सी, नेमार र एमबाप्पेकै केही लागेन

    5K
    Shares

    एजेन्सी । विश्व प्रख्यात स्टारत्रय लियोनल मेस्सी, नेमार र केलियन एमबाप्पेलाई मैदानमा उतारेपनि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले यूईएफए च्याम्पियन्स लिगमा बेल्जियन क्लब ब्रुगसँग बराबरीमा चित्त बुझाएको छ । समूह ‘ए’ अन्तर्गत बुधबार राति भएको खेलमा पीएसजी क्लब ब्रुगसँग १–१ गोलको बराबरीमा रोकिएको हो । 

    खेलमा सुरुवाती अग्रता लिएर पनि पीएसजी अंक बाँड्न बाध्य भयो । १५औं मिनेटमा एन्डर हेरेराले गोल गर्दे पीएसजीलाई अग्रता दिलाएका थिए । २७औं मिनेटमा ब्रुगका हान्स भानाकेनले गोल गर्दे खेललाई बराबरमिा ल्याए । पीएसजीले तीन जना सुपर स्टारलाई सँगै खेलाएपनि उल्लेख्य कमाल गर्न सकेन । यही समूहको अर्को खेलमा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले आरबी लेइपजिगलाई ६–३ गोलले हरायो । 

    यसैगरी समूह ‘बी’ को खेलमा लिभरपुलले एसी मिलानलाई ३–२ गोलले स्तब्ध बनायो । यही समूहको अर्को खेलमा एट्लेटिको म्याड्रिड र एफसी पोर्टोले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । समूह ‘सी’ को खेलमा आयाक्सले स्र्पोटिङ सीपीलाई ५–१ गोलले हरायो । समूह ‘डी’ मा रियल म्याड्रिडले इन्टर मिलानलाई १–० गोलले पराजित ग¥यो । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend