logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • भारत बिरुद्ध उच्च मनोबलमा साथ् मैदानमा नेपाल, भारतमाथि शुरुवाती दबाब

    भारत बिरुद्ध उच्च मनोबलमा साथ् मैदानमा नेपाल, भारतमाथि शुरुवाती दबाब

    4.7K
    Shares

    काठमाडौँ – साफ च्याम्पियनसिप २०२१ अन्तर्गत भारतविरुद्धको फाइनलमा  उच्च मनोवलका साथ् नेपाल मैदानमा उत्रिएको छ ।

    केहि बेर अगाडी शुरु भएको खेलमा लागि नेपाली टिममा तीन खेलाडी  परिवर्तन गरिएको छ। अघिल्लो खेलमा पहिलो रोजाइमा परेका आयुष घलान र अन्जन विष्ट सुरुवाती ११ मा छैनन्। यस्तै मिडफिल्डर विशाल राई सब्सिच्युटमा छन्।

    अन्जनले अघिल्ला दुई खेलमा पहेँलो कार्ड पाएका भारतविरुद्धको खेल गुमाएका हुन्। टिममा डिफेन्डर सुमन अर्याल र फवार्ड सुमन लामा समावेश छन्। मिडफिल्डर पुजन उपरकोटी टिममा फर्किएका छन्।

    नेपालकी टिमको गोलकिपरमा कप्तान किरणकुमार लिम्बु छन्। डिफेन्डरमा गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजवंशी र सुमन अर्याल छन्।

    मिडफिल्डरमा रोहित चन्द, पुजन उपरकोटी र तेज तामाङ छन्। फरवार्डमा सुमन लामा, सुजल श्रेष्ठ र नवयुग श्रेष्ठ छन्। प्रशिक्षकमा किरण श्रेष्ठ छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend