logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • अफगानिस्तानमा हजारा समुदायलाई लक्षित गरि बम विस्फोट, १९ जनाको मृत्यु

    अफगानिस्तानमा हजारा समुदायलाई लक्षित गरि बम विस्फोट, १९ जनाको मृत्यु

    3.7K
    Shares

    काठमाडौं । अफगानिस्तानको राजधानी काबुलको एक एजुकेसन सेन्टरमा भएको विस्फोटमा कम्तिमा १९ जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् ।प्रहरीका अनुसार शहरको पश्चिमी इलाकाको एजुकेसन सेन्टरमा विस्फोट भएको हो । सेन्टरका कर्मचारीका अनुसार विद्यार्थीहरुले परीक्षा दिइरहेका बेला विस्फोट भएको हो ।

    यो इलाकामा अधिकांश हजारा समुदायका मानिसहरु बस्छन् । बीबीसीका अनुसार हजारा समुदायलाई निशाना बनाएर पहिलो पटक आक्रमण भएको हो । घटनाको अहिलेसम्म कुनै समूहले जिम्मा लिएको छैन ।

    अफ्गानीस्तानको गृह मन्त्रालयले यस घटनाको निन्दा गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend