अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए)का सचिव गौरीराज जोशीले आगामी कार्यकालका लागि महासचिवमा उम्मेदवारी दिने भउका छन् ।
‘सक्षम, समावेसी र साझा एनआरएनए निर्माण हाम्रो अभियान’ नारासहित उनले महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । सचिव जोशीले महासचिवमा आफ्नो उम्मेदवारी स्वभाविक भएको बताएका छन् ।
‘सचिवले महासचिवको दाबेदारी पेश गर्नु स्वभाविक हो’, उनले भने ।
एनआरएनएको अधिवेशन आउँदो अक्टोबर अन्तिम साता अनलाइनमार्फत हुने तयारी छ । चितवनको मध्यम वर्गीय परिवारमा जन्मिएका उनी लामो समयदेखि अमेरिकामा व्यवसाय गर्दै आएका छन् । अमेरिकी डायष्पोरामा उनलाई सफल व्यवसायी र समाजसेवीका रुपमा चिनिन्छ ।