logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • रुसले लाखौँ टन गहुँ चोरेको युक्रेनको आरोप

    रुसले लाखौँ टन गहुँ चोरेको युक्रेनको आरोप

    6.7K
    Shares

     

    एजेन्सी । युक्रेनले रुसले लाखौँ टन गहुँ चोरेको आरोप लगाएको छ । युक्रेनका उप कृषिमन्त्री तारास भिसोत्स्कीले रुसी सेनाले कब्जा गरेको क्षेत्रबाट लाखौँ टन गहुँ चोरेको आरोप लगाउनुभएको बीबीसीले जनाएको छ ।

    कब्जा गरेका ठाउँबाट अझै १५ लाख टन अन्न चोर्न सक्ने जोखिम रहेको बताएको खबरमा उल्लेख छ । युक्रेनको आरोपबारे रुसले प्रतिक्रिया जनाएको छैन ।

    रुसको व्यापक आक्रमण र बन्दरगाहमा भएको अवरोधका कारण युक्रेनमा अन्न उत्पादनमा बाधा पुगेको छ । युक्रेनमा उत्पादन घट्दा संसारभर खाद्यान्नको मूल्य बढ्ने र अभाव हुने चिन्ता बढेको छ । तर उप मन्त्री भाइसोत्स्कीले युक्रेन र छिमेकी देशलाई भोकमरीमा जान नदिने बताएका छन् ।

    युक्रेनबाट अस्ति बिहीबार मात्रै ७१ हजार टन मकै बोकेको कार्गो जहाज रोमानिया गएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend