logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • उत्तर कोरियामा कोभिड सङ्क्रमण पुष्टि, देशव्यापी लकडाउन

    उत्तर कोरियामा कोभिड सङ्क्रमण पुष्टि, देशव्यापी लकडाउन

    4.6K
    Shares

    एजेन्सी । उत्तर कोरियाले आफ्नो पहिलो आधिकारिक कोभिड सङ्क्रमण पुष्टि गरेपछि कडा राष्ट्रिय लकडाउनको आदेश दिएको छ। राज्यद्वारा सञ्चालित मिडियाले राजधानी प्योङयाङमा ओमिक्रोनको सङ्क्रमण भेटिएको रिपोर्ट गरे पनि केसहरूको सङ्ख्या भने बताएको छैन।

    केसीएनएले यसलाई सबैभन्दा ठूलो आपत्कालीन घटनाको संज्ञा दिँदै यसले देशको क्वारेन्टाइन फ्रन्ट लाई उल्लङ्घन गरेको जिकिर गरेको छ । यसका लागि नेता किम जोङ(उन आपत्कालीन वार्तामा रहेको पनि जानकारी दिएको छ ।

    तर पर्यवेक्षकहरू भने यो भाइरस लामो समयदेखि देशमा रहेको विश्वास गर्छन् । उत्तर कोरियाले आफ्नो जनसङ्ख्यालाई कोभिड खोप कार्यक्रम सञ्चालन गरेको छैन । चीनले बनाएको सिनोभ्याक खोप र एस्ट्राजेनेका खोप दिने दुवै प्रस्ताव उत्तर कोरियाले अस्वीकार गरेको थियो । देशले महामारीको सुरुवात भएदेखि नै सीमाना बन्द राखेर भाइरसलाई रोक्न राष्ट्रले लक्ष्य लिएको थियो । बीबीसीबाट


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend