logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • मुस्ताङका पाँचवटै पालिकाको मतगणना सकियो, कहाँ कसको जित ?

    मुस्ताङका पाँचवटै पालिकाको मतगणना सकियो, कहाँ कसको जित ?

    4.6K
    Shares

     

    मुस्ताङ । मुस्ताङका पाँचवटै पालिकाको मतगणना सकिएको छ । मुस्ताङको तसाङ गाउँपालिकाको अध्यक्षमा एमालेका प्रदीप गौचन र उपाध्यक्षमा काँग्रेसका सोमल हिराचन निर्वाचित भएका छन् । थसाङको मत गणना सकिएसँगै यो जिल्लाका पाँचवटै (सबै) पालिकाको मतगणना सकिएको छ ।

    सोमबार थासाङ गाउँपालिकाको मतगणना सकिएको हो । थसाङको अध्यक्षमा एमालेका प्रदीप गौचन एक हजार १ सय ४४ मत पाएर विजयी भएका हुन । प्रतिद्वन्द्वी काँग्रेसकी बालकुमारी शेरचनले १०५५ मत पाइन् । उपाध्यक्षमा काँग्रेसका सोमल हिराचन १२ सय १२ मत पाएर विजयी भए ।

    उपाध्यक्षमा प्रतिद्वन्द्वी एमालेकी सुमिता शेर्पाले १ हजार ८० मत पाइन् । थसाङसँगै लोमन्थाङ, लो–घेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकामा एमालेले अध्यक्ष जितेको छ । घरपझोङमा काँग्रेसले जितेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend