logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • इजरायल–प्यालेष्टाइन द्वन्द्वः एक किशोरको मृत्यु

    इजरायल–प्यालेष्टाइन द्वन्द्वः एक किशोरको मृत्यु

    6.9K
    Shares

    रासस/एएफपी । इजरायल अधिनस्थ पश्चिमी किनाराको जेनिनमा शनिबार भएको झडपमा एकजना प्यालेष्टिनी किशोरको मृत्यु भएको छ । इजरायली सेनासँग भएको झडमा एकजना १७ वर्षीय किशोरको मृत्यु भएको तथा अर्का एकजना १८ वर्षका किशोर गम्भीर घाइते भएका प्यालेष्टाइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    प्यालेष्टिनी समाचार संस्था वाफाले मारिएका किशोर अमजद अल–फयद भएको बताएको छ ।

    इजरायली सेनाले भने जेनिनको उत्तरपश्चिममा रहेको काफ्रदान गाउँमा संदिग्धहरूले गुडिरहेको गाडीबाट आफूहरूमाथि गोली र विष्फोटक उपकरणबाट प्रहार गरेकाले जवाफी कारबाहीमा ती किशोर मारिएको स्पष्ट गरेको छ ।

    पश्चिमी किनारास्थित जेनिन क्षेत्रमा सशस्त्र प्यालेस्टिनी समूहहरूको केन्द्रमा गत महिनादेखि लगातार छापा मारिरहेको छ । संदिग्धहरूलाई पत्ता लगाउन जारी कारबाहीका क्रममा दैनिक घातक झडपहरू भइरहेका छन् ।

    यस्तै झडपमा अल जजीराकी पत्रकार शिरिन अबु अक्लेहको हालै मृत्यु भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend