logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • नेयमार सवार विमान आपत्कालीन अवतरण

    नेयमार सवार विमान आपत्कालीन अवतरण

    4.2K
    Shares

    एजेन्सी । पेरिस सेन्ट जर्मेनका स्टार नेयमार सवार निजी विमान ब्राजिलमा आपत्कालीन अवतरण गर्न बाध्य बनेको छ । यद्यपि नेयमार भने सकूशल रहेका छन् । छुट्टी मनाएर फर्किने क्रममा प्राविधिक समस्या देखिएपछि विमानलाई आपत्कालीन अवतरण गराइएको गोल डटकमले जानकारी दिएको छ ।

    मिडिया रिपोर्टका अनुसार विमान बारबाडोसबाट साउपाउलो जाने क्रममा विमानको विन्डसिल्डमा समस्या देखिएको छ । जसले गर्दा विमानलाई भेनेजुएलासँगको सीमा नजिकै रहेको बोआ भिस्टामा अवतरण गर्नुपरेको थियो । विमानमा देखिएको समस्या ठीक गर्न दुई घण्टा समय लागेको थियो । नेयमार आफ्नो बहिनी रफेला सान्तोस र पार्टनर ब्रुना बियानकार्डीसँग छुट्टी मनाइरहेका थिए । उनीहरुले गत हप्ता लास भेगास र मियामीमा समय बिताएका थिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend