logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • नेपाल प्रज्ञा–प्रतिष्ठानको कठिनाइलाई मध्यनजर गर्दै सहयोग गछौं: प्रधानमन्त्री देउवा

    नेपाल प्रज्ञा–प्रतिष्ठानको कठिनाइलाई मध्यनजर गर्दै सहयोग गछौं: प्रधानमन्त्री देउवा

    3.7K
    Shares
    नेपाल प्रज्ञा–प्रतिष्ठानको कठिनाइलाई मध्यनजर गर्दै सहयोग गछौं: प्रधानमन्त्री देउवा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रज्ञा–प्रतिष्ठानको आर्थिक कठिनाइलाई मध्यनजर गर्दै सरकारले सहयोग गर्ने बताएका छन्। बिहीबार नेपाल प्रज्ञा– प्रतिष्ठानको ६५ औँ वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव–२०७९ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रज्ञा–प्रतिष्ठानको आर्थिक कठिनाइलाई समाधान गर्न सरकारले सहयोग गर्ने बताएका हुन्।

    उनले यसका लागि आवश्यक सल्लाह गरेर सहयोग गर्ने विश्वास दिलाए। उनले मुलुकको भाषा, साहित्य र संस्कृति प्रवद्र्धनको क्षेत्रमा प्रतिष्ठानलाई अगाडि बढाउने नयाँ सोच र कार्यक्रमलाई कार्यान्वयन गर्न सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध हुने पनि बताए।

    उनले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण र सम्वद्र्धनमा प्रज्ञा–प्रतिष्ठानले खेलेको भूमिकाको प्रशंसा गरे।

    उनले भने, ‘नेपालको प्राज्ञिक गरिमालाई अन्तर्राष्ट्रिय रुपमा स्थापित गर्दै मित्रराष्ट्रहरुका समान प्राज्ञिक प्रतिष्ठानसँग संस्थागत रुपमा भएपनि साझेदारी पत्रमा हस्ताक्षर गरी सहकार्यमा साहित्यिक, सांस्कृतिक आदानप्रदानलाई अगाडी बढाई यस प्रतिष्ठानले आफूलाई अन्तर्राष्ट्रिय रुपमा पनि क्रियाशील आस्थाको रुपमा स्थापित गरेको छ । आगामी दिनमा संस्थाको गतिविधिलाई अझ घनिभुत रुपमा अघि बढाउँदै नेपालको सबै समुदायको भाषा, साहित्य, संस्कृति, दर्शनको प्रवद्र्धनको क्षेत्रमा यस प्रतिष्ठानले थप योगदान पुर्‍याउने विश्वास लिएको छु। मुलुकको भाषा, साहित्य र संस्कृति प्रवद्र्धनको क्षेत्रमा प्रतिष्ठानलाई अगाडी बढाउने नयाँ सोच र कार्यक्रमलाई कार्यान्वयन गर्न सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने कुरा म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु।‘

    त्यसैगरी, कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी आर्थिक वर्षको लागि प्रज्ञा–प्रतिष्ठानको बजेट घटाएर पठाएकोप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।

    नेपाल प्रज्ञा– प्रतिष्ठानको संरक्षकसमेत रहेका उनले प्रज्ञा–प्रतिष्ठानले थुप्रै साहित्यिक कामहरु र रचनाहरु प्रकाशित गर्ने गरेको उल्लेख गर्दै थप कृति र रचनाको प्रकाशन गर्नका निम्ति बजेटको माग गरे।

    मन्त्री आलेले नेपाल–प्रज्ञा प्रतिष्ठानले नेपाली कला, साहित्य र संस्कृतिको क्षेत्रमा गरेको कामहरुको प्रशंसा गरे।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend