logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • बालिकालाई जबर्जस्ती करणी गर्ने ३१ वर्षीय भक्तबहादुर प्रक्राउ

    बालिकालाई जबर्जस्ती करणी गर्ने ३१ वर्षीय भक्तबहादुर प्रक्राउ

    5K
    Shares
    बालिकालाई जबर्जस्ती करणी गर्ने ३१ वर्षीय भक्तबहादुर प्रक्राउ

    काठमाडौं । पाल्पामा बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजना पुरुषलाई नियन्त्रणमा लिएको छ । रिब्दीकोट गाउँपालिकाका–६ ठिमुरे बस्ने ३१ वर्षीय भक्तबहादुर झेडीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    गत असार ७ गते साँझ पौने ८ बजेको समयमा एक बालिकालाई जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । सामुदायिक वनमा लगेर बालिकामाथि जबर्जस्ती करणी भएको प्रहरीले जनाएको छ । पीडित बालिकाको आमाले प्रहरीमा दिएको उजुरीका आधारमा आरोपीलाई पक्राउ गरेर अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend