logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • माथिल्लो तहमा रहेका कर्मचारीहरु तथा अधिकारीहरुलाई संघीयता कार्यान्वयनको विषयमा प्रशिक्षण दिनुपर्छ: रामनारायण बिडारी

    माथिल्लो तहमा रहेका कर्मचारीहरु तथा अधिकारीहरुलाई संघीयता कार्यान्वयनको विषयमा प्रशिक्षण दिनुपर्छ: रामनारायण बिडारी

    4.6K
    Shares
    माथिल्लो तहमा रहेका कर्मचारीहरु तथा अधिकारीहरुलाई संघीयता कार्यान्वयनको विषयमा प्रशिक्षण दिनुपर्छ: रामनारायण बिडारी

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता तथा राष्ट्रिय सभाका पूर्वसांसद रामनारायण बिडारीले माथिल्लो तहका कर्मचारीहरुमा संघीयताप्रति नकारात्मक सोच रहेको बताएका छन् । मंगलवार ‘संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन सम्बन्धी संसदीय विशेष समिति’ले सिंहदरबारमा आयोजना गरेको ‘संघीयता कार्यान्वयनको अवस्था, चुनौती र अबको बाटो’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले माथिल्लो तहमा रहेका कर्मचारीहरु तथा अधिकारीहरुलाई संघीयता कार्यान्वयनको विषयमा प्रशिक्षण दिनुपर्ने बताए । उनले नेपालको संघीयता प्रदेशहरुका कारण असफल हुनसक्ने तर्क गरे । उनले भने– ‘यो संघीयता बारे नकारात्मक सोच छ कि क्या हो ? संघीयता बारे नकारात्मक सोच कसको रहेछ त भन्दा ब्युरोक्रेसीको टप लेभलमा बस्नेहरुको । त्यसकारणले उपचार गर्नुपर्ने ठाउँमा उपचार भएन कि ? संघीयताको कक्षा तिनीहरुलाई पो दिनुपर्ने हो कि मुख्यसचिवलाई । के हो संघीयता भनेको ? तपाईले कस्तो संघीयताको कार्यान्वयन गराउन खोज्नुभएको ? प्रहरी महानिरीक्षकलाई ल्याएर भन्नुपर्ने हो कि ? या संवैधानिक अंगका प्रमुख, पदाधिकारीहरुलाई ल्याएर भन्नुपर्ने हो कि ? मलाई के लागेको छ भन्दाखेरी अहिलेको संघीयता सन्दर्भमा मानसिक रुपमा उपचार गर्नुपर्ने भो । त्यसको निम्ति ठोस कार्यक्रम गर्नुपर्ने भो । यदी हाम्रो देशमा संघीयता केहीगरी फेल भयो भने त्यो प्रदेशको कारणले पनि हुनसक्छ है । किनभने उसले जे काम गर्नुपर्ने हो त्यो नगर्ने । जे काम गर्नु नपर्ने हो त्यो गर्ने ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend