logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • बालेन शाहले ‘नेपहपको श्रीपेच’का विजेतालाई प्रदान गरेको मुकुट विवादमा

    बालेन शाहले ‘नेपहपको श्रीपेच’का विजेतालाई प्रदान गरेको मुकुट विवादमा

    4.7K
    Shares
    बालेन शाहले ‘नेपहपको श्रीपेच’का विजेतालाई प्रदान गरेको मुकुट विवादमा

     

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले र्‍याप गायनमा आधारित टीभी रियालिटी शो ‘नेपहपको श्रीपेच’का विजेतालाई प्रदान गरिएको मुकुट विवादमा परेको छ । शनिबार शोका विजेता भाइबर साइमनलाई निर्णायक समेत रहेका मेयर साहले मुकुट लगाइदिएका थिए ।

    यो मुकुट बज्रयान बुद्धधर्म अनुसार गुरुबाट बज्राचार्य अभिषेक पाएपछि लगाउने मुकुट भन्दै संस्कृति तथा सम्पदा अभियन्ताले विरोध गरेका छन् ।

    संस्कृति तथा सम्पदा अभियन्ता मिलनरत्न बज्राचार्यले उक्त मुकुट र्‍याप ब्याटल जितेर पाउने पुरस्कार नभई पञ्चतथागत अनुसार रहेको मुकुट भएको बताएका छन् । ‘यसको महत्वलाई ध्यानमा राखिदिनुहोला । यसको महत्वलाई दर्शाउन अनुरोध छ । ताकि यस्तो काम फेरि नहोस्,’ उनले सामाजिक सञ्जालमार्फत भनेका भन्छन् ।

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend