logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • नेपाल टी–२० लिगका लागि चार टोली घोषणा

    नेपाल टी–२० लिगका लागि चार टोली घोषणा

    8.8K
    Shares
    नेपाल टी–२० लिगका लागि चार टोली घोषणा

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल टी–२० लिगका लागि सोमवार चार टोलीको घोषणा गरिएको छ । असोज ८ देखि कात्तिक ५ गतेसम्म कीर्तिपुर स्थिति त्रिभूवन विश्व विद्यालयको मैदानमा आयोजना हुन लागेको प्रतियोगिताका लागि आयोजना अधिकार पाएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सले चार टोलीको नाम सार्वजनिक गरेको हो ।

    सार्वजनिक गरिएको टोलीमा एक नेपाली, एक अमेरिकन र दुई भारतीय मालिक रहेका छन् । कान्तिपुर क्यापिटल नाम भएको नेपाली टोलीमा कान्तिपुरका महेश स्वार मालिक रहेका छन् । लुम्बिनी अल स्टार नाम रहेको दोस्रो टोलीमा अमेरिकी मालिक सञ्जय शर्मा छन् भने भारतीय विक्रम यादव मालिक रहेको विराटनगर सुपरकिंग्ससँग डायमन्ड डिजिक्याप प्रा.लि. जोडिएको छ । यस्तै अर्को भारतीय टोली जनकपुर रोयल्ससँग गोल्ड स्पोटर््स प्रा.लि. जोडिएको छ । जनकपुरमा गौरीशंकर धमानी मालिक रहेका छन् ।

    पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीले प्रतिष्पर्धा गर्नेछन् । बाँकी दुई टिमको नाम र मालिक चाँडै सार्वजनिक गरिने क्यानले जनाएको छ । क्यानले यस प्रतियोगितालाई नेपालको पहिलो र एकमात्र आधिकारिक ट्वान्टी–२० क्रिकेट लिग भनेर दाबी गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आसीसी) ले नेपाल टी–२० लिगलाई मान्यता दिएको छ भने राष्ट्रिय खेलकुद परिषद्ले पनि मान्यता दिइसकेको छ ।
    नेपाल क्रिकेट संघको ड्रीम प्रोजेक्ट हेरिएको टी–२० लिग आयोजना गर्नुको प्रमुख उद्देश्य नेपाली त्रिकेट, नेपाली क्रिकेट खेलाडीलाई लाभान्वित होस् भन्ने रहेको जनाएको छ । क्यानले भारतको सेभेन थ्री स्पोर्ट्स प्राइभेट लिमिटेडलाई व्यवसायिक र रणनीतिक साझेदारका रुपमा भित्र्याएको छ । यद्यपि सम्झौताको विषयमा लिएर विभिन्न टिका टिप्पणी भएका छन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend