logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • बार्गेनिङ र महिलामाथि दुर्व्यवहारको आरोपमा पत्रकार घिमिरेमाथि कडा कारबाही हुँदै, ३ दिने पत्र गयो

    बार्गेनिङ र महिलामाथि दुर्व्यवहारको आरोपमा पत्रकार घिमिरेमाथि कडा कारबाही हुँदै, ३ दिने पत्र गयो

    4.7K
    Shares
    बार्गेनिङ र महिलामाथि दुर्व्यवहारको आरोपमा पत्रकार घिमिरेमाथि कडा कारबाही हुँदै, ३ दिने पत्र गयो

    काठमाडौं । पैसा बार्गेनिङ गरेको, महिलामाथि दुर्व्यवहार गरेकोसहित आरोपमा प्रेस काउन्सिल नेपालले बिहीवार एक अनलाइन र त्यसका सञ्चालक सम्पादकलाई कालोसूचीमा राख्ने र प्रेस कार्ड खोस्ने प्रक्रिया थालेको छ ।

    ‘फरकधार’ मिडियाका सञ्चालक, सम्पादक शिखर घिमिरेले सूचना विभागबाट प्रेस कार्ड लिए/नलिएको, घिमिरे नेपाल पत्रकार महासंघको सदस्य रहे/नरहेको खुलाई पठाउन काउन्सिलले ती दुवै निकायलाई पत्र समेत पठाएको उच्च स्रोतले जनाएको छ ।

    पैसा बार्गेनिङ गरेको, महिलामाथि दुर्व्यवहार गरेको भन्दै परेको उजुरीमा यसअघि नै बयानमा बोलाइएका घिमिरे जिम्मेवार नबनेको, आचारसंहिता पालनामा प्रतिबद्ध समेत नदेखिएको भन्दै प्रेस काउन्सिलले कालोसूचीमा राख्न आवश्यक गृहकार्य गरिरहेको एक सदस्यले जानकारी दिएका छन् ।

    ‘त्यस अनलाइनले पीत पत्रकारिता गरेको प्रष्टै देखिन्छ । छानविनका क्रममा गम्भीर खालका प्रश्न उठेका छन्’, काउन्सिलका ती सदस्यले भनेका छन् ।

    ‘सम्पादक घिमिरे न जवाफदेही भए, न सच्चिए । त्यही भएर ३ दिनभित्र किन कालोसूचीमा किन नराख्ने ? भनी हामीले अन्तिम पत्र पठाएका छौं’, ती सदस्यले नाम नखुलाउने शर्तमा भनेका छन् ।

    पछिल्लो समय काउन्सिलले सीमा नाघी विषयवस्तु दिने, बार्गेनिङ्ग गर्ने अनलाइनहरूलाई भटाभट कारवाहीको दायरामा ल्याएको छ ।

    घिमिरेले आफूमाथि दुर्व्यवहार र बार्गेनिङ्ग गरेको भन्दै कलेज सञ्चालक काउन्सिल पुगेका थिए ।

    मध्यराति फोन गर्ने, दुर्व्यवहार गर्दै बार्गेनिङ समेत गरेको भन्दै उजुरी परेपछि उक्त अनलाइनलाई विशेष अनुगमनमा राखी काउन्सिलले छानविन गरेको थियो ।

    सहकर्मी पत्रकारमाथि हिंसा र दुर्व्यवहार गरेको भन्दै काउन्सिलले हालै पत्रकार माधवप्रसाद गुरागाइँलाई कारवाही गरेको थियो ।

    गुरागाइँको मिडियालाई ब्लाकलिष्टमा राखिसकेको छ । यो घटना सेलाउन नपाउँदै घिमिरे विवादमा तानिएका हुन् ।

    काउन्सिलले केही महिनाअघि कतिपयले पैसा बार्गेनिङ गरेको गुनासो बढ्दै गएकाले त्यसको प्रमाणसहित उजुरी आह्वान गरेको थियो ।

    महिलामाथि हुने दुर्व्यवहारका घटनालाई समेत काउन्सिलले प्राथमिकता साथ सुनुवाई गरिरहेको छ ।

    पत्रकार घिमिरेले पैसा बार्गेनिङ गर्दै आएको, अनावश्यक म्यासेज पठाउने गरेको उजुरीमा उल्लेख रहेको स्रोतको भनाइ छ । घिमिरेविरुद्ध अरु थप २ वटा उजुरी समेत काउन्सिलमा विचाराधीन छन् ।

    उजुरीमा उक्त मिडियाले ब्लाकमेलिङ गर्दै आएको, अनावश्यक आर्थिक सहयोग गर्नुपर्ने जस्ता म्यासेज र कल गर्ने गतिविधी गर्दै आएको समेत उल्लेख छ ।

    घिमिरेले रातको समयमा फोन कल तथा म्यासेज गरी दुःख दिने गरेको विवरणसहित पीडितहरू काउन्सिल पुगेका हुन् ।
    काउन्सिलले प्रेस परिचयपत्र खोसेपछि सम्बन्धित व्यक्तिको पत्रकारको परिचय रहन्न ।

    विज्ञापनदातालाई समेत विज्ञापन रोक्नका लागि काउन्सिलले पत्र काट्न सक्छ ।

    केही मिडियालाई दर्ता सूचीकरणबाट हटाई बन्दै गर्ने तयारीमा काउन्सिलको टिम सक्रिय भएर लागेको बुझिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend