logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • सरकारप्रति धेरै अविश्वास छः भिम रावल

    सरकारप्रति धेरै अविश्वास छः भिम रावल

    9.4K
    Shares
    सरकारप्रति धेरै अविश्वास छः भिम रावल

     

    काठमाडौं । नेकपा एमालेका नेता भिम रावलले सरकारप्रति धेरै नै अविश्वास रहेको बताएका छन् । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को सन्दर्भमा परराष्ट्रमन्त्री डा. नारायण खड्काको व्यवहारले सरकारप्रति अविश्वास पैदा भएको उनको भनाइ छ ।

    राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको आजको बैठकमा रावलले एसपीपीसँग सम्बन्धित कागजात सांसदहरुले माग गर्दा परराष्ट्रमन्त्री खड्काले आफूहरुलाई अविश्वास गरेर नदिएको बताए ।

    ‘परराष्ट्र मन्त्रीजीले संसदमा दिनुभएको जवाफ मैले सुनें । उहाँले के भन्नुभयो भने सरकारको तर्फबाट पत्र पठाइसकेपछि पत्र माग्नु भनेको सरकारप्रति कताकता अविश्वास हो,’ पूर्वमन्त्री रावलले भने, ‘कताकता होइन, धेरै अविश्वास छ । किनभने अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राममा हामी सहभागी हुँदैनौं भनाउन कति आवाज उठाउनुपर्यो देशमा । संसदमा कति बोल्नुपर्यो । स्वाभाविक रुपमा अविश्वासको वातावरण हुन्छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend