logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • सुनको औँठीसहित विमानस्थलबाट दुई जना पक्राउ

    सुनको औँठीसहित विमानस्थलबाट दुई जना पक्राउ

    7.9K
    Shares
    सुनको औँठीसहित विमानस्थलबाट दुई जना पक्राउ

     

     

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको औँठीसहित दुई जना पक्राउ परेका छन् । आज (विहीबार) नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आगमन भएका रामपुरका विवेक तिम्सिना र काठमाण्डौं दक्षिणकाली नगरपालिका वडा नं– ४ का साजन श्रेष्‍ठ लाई सुनको औँठीसहित पक्राउ गरिएको हो ।

    गतिविधि संकास्पद देखिएपछि विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुकोे साथबाट सुनको औँठी बरामद गरिएको हो । उनिहरुको साथबाट दुई–दुई (८०–८० ग्राम) थान सुनको बेरुवा औँठी बरामद गरिएको हो ।

    सुनको बेरुवा औठीहरु अवैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारिएको हुँदा दुबैजनालाई आवश्‍यक अनुसन्धान र कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend