logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • ललितपुर महानगरपालिकामा एसईई उतिर्ण २४ विद्यार्थी सम्मानित

    ललितपुर महानगरपालिकामा एसईई उतिर्ण २४ विद्यार्थी सम्मानित

    7.1K
    Shares
    ललितपुर महानगरपालिकामा एसईई उतिर्ण २४ विद्यार्थी सम्मानित

    ललितपुर । ललितपुर महानगरपालिका–१८ ले बिसं २०७८ सालको एसईई परीक्षा उतिर्ण २४ जना विद्यार्थीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा सो वडामा स्थायी वसोबास गर्ने विद्यार्थी हुन । वडा अध्यक्ष दामोदर खड्का र सदस्यहरु राधिका रोक्का, गोपाल डंगोल र निरज कुँवरले सम्मान गर्नुभएको थियो । सबैलाई सल र वुद्धको प्रतिमाले सम्मान गरिएको हो ।

    सम्मान कार्यक्रममा बोल्दै वडा अध्यक्ष खड्काले एसईई उतिर्ण विद्यार्थीलाई शुभकामना दिदै आर्थिक अभावको वा अन्य कारणबाट पढाई पुरा गर्न नसक्ने अवस्था आए वडाले सहयोग गर्ने बताए । उनले वुवाआमा, आफ्नो र साथीभाइको लहलहैमा विद्यालय छनौट गर्ने भन्दापनि विद्यालयले विगतमा गरेको सफलताको आधारमा छनौट गर्न आग्रह गरे ।

    जसरी अध्ययन गरेपछि उत्कृष्ठ स्थान ल्याउनेगरी अध्ययन पुरा गर्न आगह गर्दै अध्यक्ष खड्काले भने –वडाले गरेको यो सम्मानको सार्थकता त्यतिबेला हुन्छ , उत्कृष्ठ अंक ल्याएर वडाको सान राख्न सकुन । उहाले अध्ययनपछि विदेश जाने वातवरणको अन्त्य गर्नुपने बताउदै नेपालमा रहेका उत्कृष्ठ कलेजमा अध्ययन गरेर नेपालीको पहिचान बनाउन सिक्नुपर्छ । उनले एसईई सम्मन कार्यक्रमलाई आगमी वर्षमा पनि निरन्तरता दिने बताए ।

    कार्यक्रममा वडा सदस्य गोपाल डंगोलले वडा कार्यालयले आब्हान गरे बमोजिम २४ जना विद्यार्थीलाई सम्मान गरिएको जानकारी दिए । उनले यस्ता सम्मान कार्यक्रममालाई आगामी वर्षमा निरन्तरता दिने बताउदै आगामी वर्षबाट सम्भव भएसम्म उत्कृष्ठ विद्यार्थी छनौट गरी आर्थिक सहयोग गर्ने बताए । समाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत एसईई उतिर्ण विद्यार्थीलाई सम्मान गरिएको जानकारी गराए ।

    श्रीवालकुमारी आधारभुत विद्यालयका प्रधानअध्यापक कृष्णहरी थापाले वडामा स्थायी वसोबास गर्ने एसईई परीक्षा उतिर्ण गर्ने विद्यार्थीलाई सम्मान गरेकोमा वडा कार्यालयलाई धन्यवाद दिए । उनले वडामा रहेको एकमात्र आधारभुत विद्यालयलाई सबैले सहयोग गर्नुपर्ने बताए । हाम्रो विद्यालयबाट कक्षा ७ उतिर्ण गरी तथथीन वर्ष अघि आदर्श शौल विद्यालयमा गएका मध्य ६ जना विद्यार्थीले उत्कृष्ठ स्थान हासिल गर्न सफल भएको बताए ।

    उनले भने–तपाईहरु अहिले काचो माटो जस्तै हुनुहन्छ । अबको बाटो सहजढंगले पार गरे उज्वल भविश्य बनाउन कुनै कठिन हुदैन सम्मानित विद्यार्थीलाई शुभकामना दिदै प्रअ थापाले भने । कार्यक्रममा पत्रकार ईश्वरराज ढकालले सम्मानित विद्यार्थीलाई शुभकामाना दिएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend