logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • आजको मौसमः देशका विभिन्न भागमा वर्षा, काठमाडौंका करिडोर क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

    आजको मौसमः देशका विभिन्न भागमा वर्षा, काठमाडौंका करिडोर क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

    5.2K
    Shares
    आजको मौसमः देशका विभिन्न भागमा वर्षा, काठमाडौंका करिडोर क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

    काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गएरातिदेखि नै भारी वर्षा भएको छ । त्यसैले उपत्यकाका नदी तथा खोला किनारका स्थानीय र करिडोरको सडक प्रयोग गर्दा सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले भनेको छ ।

    महाशाखाले जारी गरेको सूचनामा भनिएको छ – “पछिल्लो तीनदेखि ६ घण्टामा काठमाडौं उपत्यकाको मनोहरा, गोदावरी खोला, वाग्मती, बिष्णुमती जलाधारको धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ,“सबै नदीमा जलसतह बढ्दो छ, मनोहरामा जलसतह सतर्कता आसपाससम्म पुग्न सक्छ । अर्को तीन घण्टा नदी किनारको सडक भई यात्रा गर्दा उच्च सतर्कता अपनाऔं ।”

    यसैबीच, देशका विभिन्न भागमा आज बिहानैबाट वर्षा भइरहेको छ । आज बिहान गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य बदली रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा प्रदेश–१, वाग्मती प्रदेश र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

    विभागले आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । प्रदेश–१, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    भारी वर्षाको समेत सम्भावना रहेकाले उक्त भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने र दैनिक जनजीवन हुनसक्ने भएकाले सतर्कता अपनाउन विभागको आग्रह छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend