logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • यसरी हेर्नुहोस् कक्षा १२ को नतिजा

    यसरी हेर्नुहोस् कक्षा १२ को नतिजा

    16.3K
    Shares
    यसरी हेर्नुहोस् कक्षा १२ को नतिजा

    काठमाडौं । कुनै प्राविधि समस्या नआए आज साँझसम्म कक्षा १२ को नतिजा आउनेछ । राष्ट्रिय परीक्षा बोर्डले सम्भव भएसम्म आजै प्रकाशन गर्नेगरी तयारी गरिरहेको जनाएको छ । नतिजा नेपाल टेलिकमको वेबसाइटबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ । बोर्डको आफ्नै वेबसाइटमा गएर पनि नजिता हेर्न सकिनेछ । https://neb.ntc.net.np/ मा गएर आफ्नो सिम्बल नम्बर र जन्ममिति राखेर हेर्न सकिनेछ ।

     

    त्यस्तै आईभीआर सिस्टम ल्याण्डलाइन र मोबाइलबाट १६०१ डायल गर्दै नतिजा हेर्न सकिने बोर्डले जनाएको छ । त्यस्तै १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिनेछ ।
    त्यसका लागि नतिजा प्रकाशित भएको केही समयपछिबाट मात्रै हेर्न सकिने बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले कुनै प्राविधि समस्या नआए आजै नतिजा प्रकाशित गरिने बताए ।

    गत जेठ १५ देखि २५ गतेसम्म लिइएको बोर्ड परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी सहभागी भएका थिए । बोर्डले पहिलो पटक नन–ग्रेडिङ सिस्टम अनुसार नतिजा प्रकाशन गर्न लागेको हो ।
    यो पटक पास हुनको लागि प्रयोगात्मक परीक्षामा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत भन्दा बढी अंक ल्याउनै पर्छ । त्यो भन्दा कम अंक ल्याएको खण्डमा पुनः परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend