logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • जितका लागि नेपालले केन्यालाई दियो १७६ रनको लक्ष्य

    जितका लागि नेपालले केन्यालाई दियो १७६ रनको लक्ष्य

    12.5K
    Shares
    जितका लागि नेपालले केन्यालाई दियो १७६ रनको लक्ष्य

     

    काठमाडौं । जितका लागि नेपालले केन्यालाई १७६ रनको लक्ष्य दिएकाे छ । ज्ञानेन्द्र मल्लले अर्धशतकप्रेरित नेपालले आज पाँचौँ तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा केन्यालाई जितका लागि १७६ रनको लक्ष्य पेस गरेको छ ।

    नेपालका कप्तान सन्दीप लामिछानेले केन्याको नैरोवीस्थित जिमखाना क्लब क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए । केन्या भ्रमणमा पहिलो पटक पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको हो ।

    नेपालका लागि पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ५९ रन बनाए । ओपनिङमा आएका ज्ञानेन्द्रले ४४ बलमा ५ चौका र दुई छक्का प्रहार गरे । उनले अर्जुन साउँदसँग पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेका थिए । त्यस्तै दीपेन्द्रसिंह ऐरीसँग दोस्रो विकेटका लागि ४० रनको साझेदारी गरे ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend