logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • रोल्पामा दम्पतीको बीभत्स हत्या

    रोल्पामा दम्पतीको बीभत्स हत्या

    17.3K
    Shares
    रोल्पामा दम्पतीको बीभत्स हत्या

    रोल्पा । रोल्पाको माडी गाउँपालिका–३ तालावाङमा एक दम्पती धारिलो हतियारले काटेर हत्या गरिएको अवस्थामा फेला परेका छन्। रोल्पा परिवर्तन गाउँपालिका–२, राङ्सी घर भएका करिब २७ वर्षीय दुर्गाबहादुर पुन र उनकी श्रीमती करिब ३७ वर्षीया पार्वती मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

    रोल्पा प्रहरी प्रमुख डीएसपी विनोद घिमिरेका अनुसार उनीहरूले काठमाडौंमा इँटाभट्टामा काम गर्दा बिहे गरेका थिए। पछि रोल्पा आई तालावाङस्थित जयलाल डाँगीको घरमा उनीहरू मजदुरी गर्दै आएको पाइएको प्रहरीले जनाएको छ।

    उनीहरूको हत्या अनुसन्धानका लागि कोहलपुरबाट तालिमप्राप्त कुकुर बोलाइएको प्रहरीले जनाएको छ। घटनाको खबर पाएसँगै घर्तीगाउँ इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक देवराज भट्टराईको टोली र रोल्पा प्रहरी प्रमुख विनोद घिमिरेको टोलीले घटनास्थल पुगेको छ।

    घटना मंगलबार राति भएको हुन सक्ने जनाउँदै प्रहरीले अनुसन्धान थालिएको जनाएको छ। उनीहरूको बीभत्स हत्या गरिएको प्रहरीको भनाइ छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend