logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • पाकिस्तानमाथि इंग्ल्यान्डको सानदार जित

    पाकिस्तानमाथि इंग्ल्यान्डको सानदार जित

    3.6K
    Shares
    पाकिस्तानमाथि इंग्ल्यान्डको सानदार जित

    काठमाडौं । पाहुना टोली इंग्ल्यान्डले पाकिस्तानविरुद्धको तेस्रो टी-ट्वान्टी अन्तराष्ट्रियमा जित हात पारेको छ ।

    कराँचीमा शुक्रबार राति भएको खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ६३ रनले पराजित गरेको हो । योसँगै सात टि२० आई खेलको सिरिजमा इंग्ल्यान्डले २–१ को अग्रता लिएको छ ।

    इंग्ल्यान्डले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रन मात्र बनायो । पाकिस्तानका शान मसुद ४० बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६६ रनमा अविजित रहे ।  खुशदील शाह र मसुदले ३८ बलमा ६२ रनको साझेदारी गरे । अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।

    इंग्ल्यान्डका लागि मार्क उडले ३ तथा आदिल रसिद २ विकेट लिए । साम करन र रिच टोप्लेले समान १र१ विकेट लिए ।

    त्यसअघि नेशनल स्टेडियम कराँचीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २१ रन बनाएको थियो ।

    इंग्ल्यान्डका २३ वर्षीय युवा ब्याटर ह्यारी ब्रुकले ३५ बलमा ८ चौका र ५ छक्कासहित सर्वाधिक ८१ रनमा अविजित रहे । विल ज्याक्सले २२ बलमा ४० रन तथा डेभिड मलानले १४ रन बनाए ।

    पाकिस्तानका स्पिनर उस्मान कादिरले ४ ओभरमा ४८ रन खर्चेर २ विकेट लिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend