logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • अमेरिकामा मध्यावधि निर्वाचनः सिनेटमा डेमोक्र्याटिक पार्टीको बहुमत

    अमेरिकामा मध्यावधि निर्वाचनः सिनेटमा डेमोक्र्याटिक पार्टीको बहुमत

    2.5K
    Shares
    अमेरिकामा मध्यावधि निर्वाचनः सिनेटमा डेमोक्र्याटिक पार्टीको बहुमत

    न्युयोर्क । निर्णायक राज्य नेभाडामा चुनाव जितेर डेमोक्र्याटिक पार्टीले अमेरिकी सिनेटमा बहुमत हाँसिल गरेको छ ।  रिपब्लिकनहरूले पार्टीको खराब प्रदर्शनको लागि डोनाल्ड ट्रम्पलाई दोष दिएका छन् ।

    नेभाडामा क्याथरिन कोर्टेज मास्टोको जितसँगै  डेमोक्र्याटिक पार्टीले सिनेटमा ५० सिटसहित बहुमत जुटाउने भएको हो । कोर्टेज मास्टोका प्रतिद्वन्द्वी एडम लाक्साल्टलाई ट्रम्पले समर्थन गरेका थिए । ट्रम्पले आगामी राष्ट्रपति निर्वाचनमा उम्मेदवार दिने बताएका छन् ।

    नतिजाले डेमोक्र्याटलाई रिपब्लिकन भन्दा एक सिट अगाडि राखेको छ ।  जर्जिया सिनेट सिटको निर्वाचन भने  डिसेम्बरमा हुनेछ । । माथिल्लो सदनमा आफ्नो पार्टीको विजयले आफू ‘अपत्यारिलो ढंगले’ खुसी भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् ।

    तर, रिपब्लिकनले तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा बहुमतनजिक छन्, जुन राष्ट्रपतिका लागि ठूलो धक्का हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend