logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • पर्सामा प्रदेशसभा सदस्यमा स्वतन्त्रका जयसवाल निर्वाचित

    पर्सामा प्रदेशसभा सदस्यमा स्वतन्त्रका जयसवाल निर्वाचित

    4K
    Shares
    पर्सामा प्रदेशसभा सदस्यमा स्वतन्त्रका जयसवाल निर्वाचित

    वीरगन्ज । पर्सामा स्वतन्त्र उम्मेदवारले पहिलो जित हात पारेका छन् । पर्सा क्षेत्र नम्बर ३ को (क) को प्रदेशसभा सदस्यमा काउली चुनाव चिन्ह लिएर चुनाव लडेका प्रमोद जयसवाल विजयी भएका हुन् ।

    जयसवाल ७ हजार ३ सय ८१ मत सहित निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी एमाले–जसपा गठबनधनबाट एमालेका उम्मेदवार अब्दुल रहिम अन्सारीले ५ हजार ९ सय ३० मत पाए । जयसवाल र अन्सारी बिचको मतान्तर १ हजार ४ सय ५१ छ ।

    तेश्रो स्थानमा रहेका अर्का स्वतन्त्र उम्मेदवार चन्द्रकिशोर चौधरीले ४ हजार ६ सय ५५ मत पाए भने पाँच दलीय गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार छोटेलाल यादव ४ हजार ५ सय २८ मतका साथ पाँचौ स्थानमा सिमित हुन पुगेका छन् ।

    उनी २०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालको उम्मेदवार बनेर यही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend