logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • माछापोखरीको गेष्ट हाउसमा पुरुष मृत फेला

    माछापोखरीको गेष्ट हाउसमा पुरुष मृत फेला

    4.8K
    Shares
    माछापोखरीको गेष्ट हाउसमा पुरुष मृत फेला

    काठमाडौं । काठमाडौंको माछापोखरी स्थित एक गेष्ट हाउसमा पुरुष मृत भेटिएका छन् । काठमाडौं महानगरपालिका–१६ माछापोखरीमा रहेको पाल्पा तिनाउ फुलबारी गेष्ट हाउसको १०५ नम्बर कोठामा पाल्पा बर्तुङ्ग घर भएका कुमार चन्द्र कोइराला मृत फेला परेका हुन् ।

    मंसिर १० बाट सो गेष्ट हाउसमा बसेका ६० वर्षीय कोइराला मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । सुतिरहेको अवस्थामा मृत भेटिएका कोइरालाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । घटनाबारे प्रहरी वृत बालाजुले अनुसन्धान गरिरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend