logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • सबैको विचार एउटै भए समाज सुन्दर हुँदैन : करिश्मा मानन्धर

    सबैको विचार एउटै भए समाज सुन्दर हुँदैन : करिश्मा मानन्धर

    2.9K
    Shares
    सबैको विचार एउटै भए समाज सुन्दर हुँदैन : करिश्मा मानन्धर

    काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धर सामाजिक सञ्जालमा निक्कै सक्रिय छिन्। उनी व्यक्तिगत जीवनदेखि राजनीतिक घटनाक्रमसम्म सामाजिक सञ्जालमा आफ्ना विचार राखिरहन्छिन्।

    करिश्माले पछिल्लो समय बढ्दै गएको आलोचनालाई लक्ष्य गर्दै स्टाटस लेखेकी छन्। आफूलाई मन नपरेको खण्डमा हिंसात्मक झुकावसहितका अभिव्यक्ति दिने गरेको करिश्माले उल्लेख गरेकी छन्।

    उनी लेख्छिन्, ‘अरुको विचारहरु चित्त नबुझेको खण्डमा सामाजिक सञ्जालमा आजकल छ्यापछ्याप्ती हिंसात्मक झुकाव भएका अभिव्यक्ति नैतिकताको जप गर्ने व्यक्तित्वहरुबाट नै बढी भएको पाइन्छ।’

    उनले आफ्ना विचार अरुलाई मन परोस् भनेर चाहानेहरुले अरुले मन पराएको कुरालाई पनि मन पराउनुपर्ने सुझाव दिएकी छन्। करिश्मा लेख्छिन्, ‘सबैको विचार गर्ने, सोच्ने शैली फरक हुन्छ। सबैको अस्तित्वको सम्मान गरौँ। सबैको विचार एउटै भए त यो संसार यति सुन्दर कसरी हुँदो हो?’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend