logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • क्यानले भन्यो : नेपाल टी–२० लिगमा फिक्सिङको हल्ला मिथ्या र भ्रामक सूचना

    क्यानले भन्यो : नेपाल टी–२० लिगमा फिक्सिङको हल्ला मिथ्या र भ्रामक सूचना

    2.8K
    Shares
    क्यानले भन्यो : नेपाल टी–२० लिगमा फिक्सिङको हल्ला मिथ्या र भ्रामक सूचना

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले जारी नेपाल टी–२० लिग क्रिकेटमा म्याच फिक्सिङ वा स्पट फिक्सिङ भएको भन्ने हल्लाको खण्डन गरेको छ । काठमाडौंको त्रिवि क्रिकेट मैदानमा जारी नेपाल टी–२० लिगमा ‘म्याच फिक्सिङ’ भएको हल्ला चलेपछि क्यानले विज्ञप्ति जारी गरी स्पष्ट पारेको हो।

    क्यानले बुधबार जारी गरेको वक्तव्यमा नेपाली क्रिकेट र राष्ट्रकै नाममा ठेस पुर्‍याउने गरी गरिएका यस्ता गतिविधि अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

    क्रिकेट र राष्ट्रलाई नै हानि हुने यस्ता भ्रामक सूचना नफैलाउन पनि आग्रह गरेको छ। क्यानले भनेको छ, ‘संघ र राष्ट्रका नाममा मिथ्या तथा भ्रामक सूचनाहरू नफैलाउन संघ विनम्र अनुरोध गर्दछ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend