logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • बैंकहरुले घटाए ब्याजदर

    बैंकहरुले घटाए ब्याजदर

    3K
    Shares
    बैंकहरुले घटाए ब्याजदर

    काठमाडौं । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले माघ महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरुले शनिबार माघ महिनाको लागि ब्याजदर सार्वजनिक गर्दै ब्याजदर घटाएका हुन् ।

    वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर ११% कायम गरेका छन् । नेपाल बैंकर्स संघले मुद्दति निक्षेपको ब्याजदर घटाउने निर्णय गरेसँगै बैंकहरुले ब्याजदर घटाएका हुन् । यसअघि मुद्दति निक्षेपको ब्याजदर १२.१३३% थियो ।

    यता, विकास बैंकहरुले पनि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । डेभलपमेन्ट बैंकर्स एसोसिएसनले ब्याजदर ०.८५% बिन्दुले घटाउने निर्णय गरेको थियो । सोहीअनुसार विकास बैंकहरुको ब्याजदर पनि घटेको हो । विकास बैंकहरुले माघका लागि एकवर्षे व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर १२% कायम गरेका छन् । अधिकांश फाइनान्स कम्पनीको पनि ब्याजदर घटेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend