logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • मध्य आकाशमा एकआपसमा ठोक्किदा भारतमा दुई वटा सैनिक विमान दुर्घटना

    मध्य आकाशमा एकआपसमा ठोक्किदा भारतमा दुई वटा सैनिक विमान दुर्घटना

    3.8K
    Shares
    मध्य आकाशमा एकआपसमा ठोक्किदा भारतमा दुई वटा सैनिक विमान दुर्घटना

    नयाँदिल्ली । भारतीय वायु सेनाका दुई वटा विमान मध्य आकाशमा एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जना चालकको मृत्यु भएको छ । मध्यप्रदेश राज्यको ग्वालियरमा आज विहान भएको उक्त दुर्घटनामा बाँचेका एक जना चालकको अवस्था गम्भीर छ । वायु सेनाका अनुसार एउटा विमानमा एक जना मात्र चालक थिए भने अर्कोमा दुई जना सवार थिए ।

    एउटा विमानका भग्नावशेष राजस्थानको भरतपुरमा र अर्को विमानका अवशेष मध्यप्रदेशको मोरेनामा फेला परेका मोरेनाका प्रहरी उपरीक्षकले बताएका छन् । दुर्घटनाको कारण पत्ता लगाउन जाँचबुझ समिति गठन गरिएको छ । दुवै विमान अभ्यास उडानमा थिए ।

    गत अक्टोबरमा अरुणाचल प्रदेशमा सैनिक हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको थियो । त्यस अघि पनि सोही राज्यमा हेलिकप्टर दुर्घटना हुँदा त्यसका चालकको ज्यान गएको थियो । सन् २०२१ को डिसेम्बर भारतका प्रधानसेनापति विपिन रावत सवार हेलिकप्टर दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend