logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • कालीकोटमा २५ वर्षपछि प्रहरीचौकी पुनःस्थापना

    कालीकोटमा २५ वर्षपछि प्रहरीचौकी पुनःस्थापना

    2.6K
    Shares
    कालीकोटमा २५ वर्षपछि प्रहरीचौकी पुनःस्थापना

    मान्म । कालीकोटमा फुकोट प्रहरी चौकी २५ वर्षपछि पुनःस्थापना गरिएको छ । द्वन्द्वकालमा सुरक्षाका कारणले विस्थापित भएको प्रहरी चौकी २५ वर्षपछि शुक्रबार पुनःस्थापना भएको हो ।

    रास्कोट नगरपालिका–९ फुकोटमा (साविकको फुकोट गाविस) रहेको फुकोट प्रहरीचौकी विसं १९८१ मा तत्कालीन राणाकालीन समयमा स्थापित भएको थियो । विसं २०५४ मा विस्थापित भएको प्रहरीचौकी पुनःस्थापना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख जयश्वर रिमालले जानकारी दिए ।

    “तत्कालीन सुरक्षाका कारणले प्रहरीचौकी नजिकैको इलाका प्रहरी कार्यालय रास्कोटमा सारिएको थियो”, उनले भने, “स्थायी प्रहरीचौकी भएका कारणले पुनःस्थापना गरिएको छ ।” प्रहरीचौकीमा एक प्रहरी सहायक निरीक्षकसहित १० प्रहरीको दरबन्दी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख रिमालले बताए ।

    स्थानीयको माग र सुरक्षा संवेदनशीलताका आधारमा चौकी पुनःस्थापना गरिएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताए । प्रहरीलाई शान्ति सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्न र लामो इतिहास बोकेको प्रहरी चौकी पुनःस्थापनाले स्थानीय उत्साहित भएको रास्कोटका नगर प्रमुख धर्मराज शाहीले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend