logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • महाशिवरात्रिको अवसरमा झापा कारागारमा शिवालय उद्घाटन

    महाशिवरात्रिको अवसरमा झापा कारागारमा शिवालय उद्घाटन

    2.3K
    Shares
    महाशिवरात्रिको अवसरमा झापा कारागारमा शिवालय उद्घाटन

    झापा । झापा कारागारमा रहेको नवनिर्मित शिवालय मन्दिरको आज उद्घाटन गरिएको छ ।

    महाशिवरात्रिका अवसरमा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल र प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले संयुक्तरूपमा उक्त मन्दिरको उद्घाटन गरेका हुन् । समाजसेवी स्व पर्शुराम अग्रवालको परिवारले रू पाँच लाख ५० हजारको लागतमा कारागार परिसरमा शिवालय मन्दिर निर्माण गरिदिएको छ ।

    निर्माण थालनी गर्ने पर्शुराम अग्रवालको निधन भएपछि परिवारका तर्फबाट मन्दिर निर्माण गरिएको कान्छा भाइ गोपाल अग्रवालले बताए । मन्दिर उद्घाटन कार्यक्रममा झापा कारागार प्रशासनले स्व अग्रवालकी धर्मपत्नी मञ्जुदेवीसहित मन्दिर निर्माणकर्ता परिवारलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मानसमेत गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend