logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • ‘तोरन ल्ह’ पर्व मनाउँदै थकाली समुदाय

    ‘तोरन ल्ह’ पर्व मनाउँदै थकाली समुदाय

    2.4K
    Shares
    ‘तोरन ल्ह’ पर्व मनाउँदै थकाली समुदाय

    म्याग्दी । म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक जनजाति थकाली समुदायमा तोरन ल्ह (फागुपूर्णीमा) पर्वको रौनक छाएको छ । नेपालका विभिन्न क्षेत्रमा करिब दश हजारका सङ्ख्यामा बसोबास गर्ने थकाली समुदायले फागुपूर्णीमाको अवसरमा हरेक वर्ष तीन दिनसम्म परम्परागत तोरन ल्ह पर्व मनाउने गर्दछन् ।

    तोरन ल्ह मनाउन घरबाहिर र विदेशमा रहेका थकालीय आफ्नो जन्मथलो फर्किएका छन् । तोरन ल्हमा थकाली समुदायले घर सिगारपटार गरेका छन् । फागुपूर्णीमाको अघिल्लो दिन सुरु हुने तोरन ल्ह तीन दिनसम्म मनाउने चलन रहेको थकाली समुदायकी अगुवासमेत रहेकी गण्डकी प्रदेशसभा सदस्य बिमला गौचनले जानकारी दिए ।

    ‘‘तीन दिन सबैरे उठेर चोखो निष्ठ भएर पित्रृलाई सम्झिएर पूजाआजा गर्ने र फूलप्रसाद चढाउनुपर्छ,’’ उनले भने ‘‘आफन्तलाई बोलाएर मीठामीठा परिकार खुवाउने र आर्चरी (तारो हान्ने) खेल्ने चलन छ ।’’ जिल्लाको थासाङ गाउँपालिकाको कोवाङ थकाली समुदायको उद्गमस्थल मानिन्छ ।

    घरपझोङ र थासाङ गाउँपालिकामा थकाली समुदायको बाहुल्य बसोबास छ । म्याग्दीको दाना, भुरुङ तातोपानी, बेनी, दरवाङलगायत बजार क्षेत्रमा थकाली समुदायको बसोबास छ । तोरन्ल्ह पर्वको अवसरमा परम्परागत तारो हान्ने खेलको संरक्षणका लागि थकाली सेवा समिति बेनी क्षेत्रको आयोजनामा तारो खेल सुरु भएको छ ।

    महिलाहरु भने मौलिक वेषभूषामा सजिएर नाचगान गर्दै शुभकामना साटासाट गरेर तोरन्ह मनाउँछन् । तारा खेल (धनुषवाण)लाई थकाली समुदायले आफ्नो जातीय पहिचानसँग जोडेका छन् । धार्मिक ग्रन्थमा विभिन्न युद्धमा धनुषवाणको प्रयोग भएको भेटिएकाले यसको विकास मानव समाजको उत्पत्ति कालदेखिनै भएको अनुमान गरिन्छ । कुनै समय युद्धको महत्वपूर्ण हतियार, जङ्गली जनावरको सिकार गर्ने माध्यम धनुषवाणले अहिले खेलकुदको एउटा विधाको रुपमा मान्यता पाएको छ ।

    आर्चरी खेलमा प्रयोग हुने नियम र त्यसका शब्द अल्पसङ्ख्यक थकाली समुदायको भाषासँग मिल्ने हुनाले यसलाई थकाली समुदायले आफ्नो जातीय पहिचानको मानेको थकाली सेवा समिति बेनी क्षेत्रका अध्यक्ष जगनारायण गौचनले बताए । एउटा समूहमा ६ जनासम्म खेलाडी सहभागी भएर खेल्ने आर्चरीमा तिखो वाण र विशेष गरेर बाँसको धनुष प्रयोग हुन्छ । पछिल्लो समय अन्य धानुकासमेत घनुष बनाउने गरिएको छ ।

    एक सयदेखि डेढसय मिटरको दूरिमा दुईतर्फ काठका फल्याक राखेर एकबाट अर्को ठाउँतर्फ वाण प्रहार गर्ने र वाण फल्याकभित्रमा कोपिएको आधारमा खेलको मूल्याङकन हुन्छ । फल्याकभित्र सानो गोलो आकारको घेराभित्र वाण कोपिएमा खोल पसेको भनिन्छ । खोल आर्चरी खेलमा महत्वपूर्ण उपलब्धि हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend