logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • लुम्बिनी प्रदेशका मन्त्री चेतनारायण आचार्यको सन्धिखर्कको घरमा चोरी

    लुम्बिनी प्रदेशका मन्त्री चेतनारायण आचार्यको सन्धिखर्कको घरमा चोरी

    3.3K
    Shares
    लुम्बिनी प्रदेशका मन्त्री चेतनारायण आचार्यको सन्धिखर्कको घरमा चोरी

    अर्घाखाँची । लुम्बिनी प्रदेश सरकारका मन्त्री चेतनारायण आचार्यको घरमा चोरी भएको छ । सन्धिखर्कको हटारीनेटास्थित उनको निजी निवासमा गएराति चोरी भएको प्रहरीले जनाएको छ ।

    लुम्बिनी प्रदेश सरकारका खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री आचार्यको परिवार घरमा नभएको मौका छोपी चोरी भएको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए । घरका सबै कोठाको ताल्चा फुटाएर चोरी भएको छ ।

    के–कति चोरी भयो भन्नेबारे मन्त्री आएपछि यकिन हुने भन्दै उनले आफूहरूले यसमा गम्भीर अनुसन्धान गरिरहेको बताए । ‘के–कति चोरी भयो भन्ने विवरण माननीयज्यू आएपछि थाहा हुन्छ’, प्रनाउ रिजालले भने, ‘हामीले अनुसन्धान थालेका छौँ ।’

    छिमेकीहरूका अनुसार यसअघि पनि आचार्यको घरमा चोरी भएको थियो । त्यसबेला त्यति धेरै क्षति नभए पनि यसपालि सबै ताल्चा फोडेको र सामान लगेको उनीहरूको भनाइ छ ।

    ‘डेढ महिनाअघि पनि मन्त्रीज्यूको घरमा चोरी भएको थियो’, छिमेकी शोभाखर पन्थीले भने, “यसले वरिपरिका बासिन्दाले असुरक्षित महसुस गरिरहेका छन् ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend