logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • सेन्चुरीबाट आएकाको जिम्मेवारी भकाभक खोसेपछि प्रभु बैंकमा लफडा शुरु

    सेन्चुरीबाट आएकाको जिम्मेवारी भकाभक खोसेपछि प्रभु बैंकमा लफडा शुरु

    60.5K
    Shares
    सेन्चुरीबाट आएकाको जिम्मेवारी भकाभक खोसेपछि प्रभु बैंकमा लफडा शुरु

    काठमाडौँ – प्रभु बैंकले सेन्चुरी बैंकलाई प्राप्ती गरेपछि सेन्चुरी बैंकबाट आएका सिनियर डीसीओ देखि उच्च तहका कर्मचारीको प्रभु बैंकले हाल आएर एकाएक जिम्मेवारी खोसेपछि बैंकमा लफडा शुरु भएको छ।

    तत्कालीन सेन्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपाने लगायत सेन्चुरीबाट आएका उच्च तहका कर्मचारीको जिम्मेवारी खोसीएपछि बैंकमा लफडा  शुरु भएको हो।

    दुई कार्यकाल सकेर घर जाने तयारीमा रहेका तत्कालिन प्रभु बैंकका सीइओ अशोक शेरचन सेन्चुरी बैंकलाई गाभेपछि तेस्रो कार्यकालका लागि नियुक्त भएर पुर्नजीवन पाएका थिए। सेन्चुरीलाई गाभेर सीइओको कार्यकाल थप गरेका तिनै शेरचनले सेन्चुरीका कर्मचारीको भकाभक जिम्मेवारी खोसेपछि राष्ट्र बैंक गुहार्न जाने स्थितिमा पुगेको सेन्चुरी बैङ्कबाट आएका एक उच्च तहका कर्मचारीले बताए ।

    सेन्चुरी बैंकबाट आएका मनोज न्यौपाने, राजेश भण्डारी, दिपेन्द्र बहादुर बिष्ट रमण श्रेष्ठ र दिपेन्द्र ,राजभण्डारी रिकभरी शाखामा पठाईएको छ। बाहिर भन्नलाई रिकभरी बलियो बनाउन खोजेपनि भित्री उदेश्य भने बैंकको चिफ अपरेटिङ अफिसर रश्मी पन्तलाई पावरफुल बनाउन खोजिएको आरोप उनीहरुको छ ।

    म्यानेजमेन्टमा रहेता पनि बैंकको वरियतामा २१ औं नम्बरमा पर्ने चिफ अपरेटिङ अफिसर रश्मी पन्तलाई सिनियर डिसिओ र डिसिओभन्दा बढि जिम्मेवारी र विभाग दिइएको भन्दै यस अघि नै प्रभु बैंक तथा सेन्चुरीबाट आएका कर्मचारीले असन्तुष्टी प्रकट गरीसकेका थिए।

    त्यति मात्र हैन सेन्चुरी बैंकबाट आएकी डिजिएम अनुपमा श्रेष्ठ मानन्धरलाई शुरुमा दिईएको मार्केटिंङ चिफबाट हटाई आफु निकट एक कर्मचारीलाई ल्याएर उनलाई नेटवर्किङ् चिफ बनाएपछि सेन्चुरीवालाहरु थप ससंकित बनेको ति कर्मचारीले बताए।

    २१ औं नम्बरमा रहेपनि पन्तले सिधैं बैंकका सिइओ अशोक शेरचनलाई रिपोटिङ्ग गर्ने व्यवस्था मिलाएको छ । उनको जिम्मेवारीमा नपर्ने कतिपय विभाग पनि उनको अन्तर्गत राखिएपछि बैंकका अन्य कर्मचारीहरु रुष्ट छन् ।

    पन्त अन्तर्गत क्याड, आइटी, ब्राण्डिङ्ग, सेन्ट्रल अपरेशन, कम्प्लायन्स, सर्भिस एक्सिलेन्स, डिजिटल ट्रान्सफरमेशन, डिजिटल अर्काइभिङ, प्रभु एकेडमी, अल्टरनेटिभ डेलिभरी च्यानलको विभाग राखिएको छ । सिओओअन्तर्गत कम्प्लायन्स राख्नुपर्ने आश्र्ययजनक रहेको एक सेन्चुरीबाट आएका ति कर्मचारीले  सुनौलो नेपाललाई बताए ।उनका अनुसार मानव संसाधन बिभाग समेत सीईओ मातहतमा देखाएपनि त्यसको हर्ताकर्ता भने पन्तनै हुन् ।

    अफिसर लेभलबाट बैंक प्रवेश गरेकी पन्त म्यानेजमेन्ट र बोर्डलाई प्रभावमा पारेर चिफ म्यानेजर बनेकी थिइन् । मर्जअघि एजिएम बन्न तयार रहेपनि उनलाई बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनले रोकेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend