logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक– २०७९ सर्वसम्मतिले स्वीकृत

    राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक– २०७९ सर्वसम्मतिले स्वीकृत

    2.7K
    Shares
    राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक– २०७९ सर्वसम्मतिले स्वीकृत

    काठमाडौं । राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक– २०७९ सर्वसम्मतिले स्वीकृत भएको छ । आईतवार बसेको राष्ट्रिय सभाको बैठकबाट राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सर्वसम्मतिले स्वीकृत भएको हो ।

    डा. वेदुराम भुसालले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सभा समक्ष पेस गरेका थिए । विधेयकमाथि सांसदहरुले आफ्ना आफ्ना धारणा राखेका थिए । विधेयकमा छलफल सकिएपछि राष्ट्रिय सभा अध्यक्षले विधेयकको विपक्षमा कोही पनि नरहेकाले विधेयक संसदबाट सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे ।

    उनले भने, ‘मान्य सदस्यहरु, अब म राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रश्तावलाई निर्णयार्थ प्रश्तुत गर्दछु, यस प्रश्तावको पक्षमा हुने मान्य सदस्यहरुले हुन्छ भन्नुहोला, यसको विपक्षमा हुने मान्य सदस्यहरुले हुन्न भन्नुहोला । हुन्न भन्ने आवाज सुनिएन तसर्थ राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रश्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु ।’

    राष्ट्रिय सभाको अर्को बैठक चैत्र १६ गते बिहीवार बिहान ११ बजेर १ मिनेटमा बस्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend