logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • ताप्लेजुङमा सिकार खेल्ने क्रममा बन्दुकको छर्रा लागेर १ जनाको मृत्यु

    ताप्लेजुङमा सिकार खेल्ने क्रममा बन्दुकको छर्रा लागेर १ जनाको मृत्यु

    1.4K
    Shares
    ताप्लेजुङमा सिकार खेल्ने क्रममा बन्दुकको छर्रा लागेर १ जनाको मृत्यु

    ताप्लेजुङ । सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङका ५८ वर्षीय ललित गुरुङको घटनास्थलमै मृत्यु भएको छ ।

    बाउन्न वर्षीय वीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ५८ वर्षीय ललितको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए ।

    उनका अनुसार सोमबार राति करिब १० बजे कालिदह जङ्गलमा उनीहरु सिकारका लागि गएका थिए । सिकार खेल्ने क्रममा बन्दुकको छर्रा लागेर ललितको मृत्यु भएको प्रहरी निरीक्षक कार्कीले बताए । घटनालगत्तै हाङपाङ प्रहरी चौकीको टोलीले वीरबहादुरलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको जनाइएको छ ।

    घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend