logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • देवदहमा कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा

    देवदहमा कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा

    1.8K
    Shares
    देवदहमा कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा

    लुम्बिनी । देवदह नगरपालिकामा कृषिउपज सङ्कलन तथा सेवा केन्द्र सञ्चालनमा आएको छ । उक्त सेवा केन्द्रको आज लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले उद्घाटन गरे ।

    उक्त केन्द्र देवदहस्थित निर्माण बहुउद्देशीय सहकारी संस्थाले निर्माण गरेर सञ्चालनमा ल्याएको हो । सो अवसरमा सभामुख मगरले सहकारीहरु सहकारीको स्थापित मान्यताबाट विमुख हुन नहुने उल्लेख गरे । उनले केही सहकारीका व्यवस्थापकमाथि आर्थिक हिनामिनाको आरोप लागेको प्रसङ्ग उल्लेख गर्दै जनताको लगानीको सुरक्षा र सामूहिक उत्पादनमा सहकारीले जोड दिनुपर्ने बताए ।

    देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले नगरपालिकाले कृषि उत्पादन र बजारीकरणमा ध्यान दिइरहेको बताए । नगरपालिकामा शीतभण्डार निर्माणका क्रममा रहेको र उत्पादन बढाउन तथा त्यसलाई सुरक्षित राखेर बजारमा पु¥याउन यसबाट मद्दत पुग्ने विश्वास व्यक्त गरे । देवदहको उत्पादन बिक्री गर्न निर्माण गरिएको कोशेली घर पनि चाँडै सञ्चालनमा आउन लागेको उल्लेख गरे ।

    लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयका निर्देशक रामप्रसाद पाण्डेले कृषिको विकासबिना देशको विकास सम्भव नहुने बताए । उनले देशमा बहुसङ्ख्यक नागरिक कृषिमा आबद्ध रहे पनि उनीहरूले पर्याप्त आम्दानी गर्न नसकेको उल्लेख गर्दै कृषिकर्म गरेर कमाउनसक्ने तहमा यहाँका कृषकलाई उठाउनुपर्ने धारणा राखे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend