logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • सत्तारुढ गठबन्धन जनताको जनादेश अनुसार बनेको हो, यसले मुलुकलाई मिलेर अघि बढाउँछ : माधव नेपाल

    सत्तारुढ गठबन्धन जनताको जनादेश अनुसार बनेको हो, यसले मुलुकलाई मिलेर अघि बढाउँछ : माधव नेपाल

    2.6K
    Shares
    सत्तारुढ गठबन्धन जनताको जनादेश अनुसार बनेको हो, यसले मुलुकलाई मिलेर अघि बढाउँछ : माधव नेपाल

    काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन पाँच वर्षसम्म कायम रहने दावी गरेका छन् । वर्तमान सरकार र सत्तारुढ गठबन्धन कहिलेसम्म रहन्छ ? भन्ने आशंका कसैकसैले गर्ने गरेको उल्लेख गर्दै उनले सो कुरा बताएका हुन् ।

    बुधबार पार्टीको केन्द्रिय प्रचार विभागले काठमाडौंमा आयोजना गरिएको ‘सम्पादकसँग भेटघाट तथा अन्तरक्रिया’ कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन पाँच वर्षसम्मै कायम रहनेमा ढुक्क हुन पनि आग्रह गरे । उनले मुलुकमा राजनीतिक स्थायित्व, विकास, समृद्धि र सुशासनलाई ध्यानमा राखेर सत्तारुढ गठबन्धनलाई अगाडि बढाइएको पनि बताए ।

    उनले भने, ‘यो कति दिनसम्म रहन्छ भन्ने आशंका छ । यसको लामो आयू छैन । कसैकसैले मिति पनि तोकेर त्यसभन्दा बढि चल्न सक्दैन भन्ने गरेका छन । त्यसलाई पत्याउने अवस्था पनि रहेको देखिन्छ । तर तपाईहरु ढुक्क भए हुन्छ–यो जुन गठबन्धन छ । यो पाँच वर्षसम्म कायम रहन्छ । त्यसो भएको हुनाले राजनीतिक स्थायित्वलाई ध्यानमा राखेर नै हामीले यो गठबन्धनलाई अगाडि बढाएका छौं । मुलुकमा राजनीतिक स्थायित्व, विकास, सुशासनका लागि हामीले मिलेर अघि बढने प्रतिवद्धता गरेका छौं ।’

    अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन जनताको जनादेश अनुसार बनेको र यसले मुलुकलाई मिलेर अघि बढाउने प्रण गरेको पनि बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend