logo

२०८० जेष्ठ २७ शनिबार

logo
  • शनिबार, २७ जेष्ठ २०८०
  • घोराहीमा सुन लुट्न ६० वर्षीया वृद्धामाथि धारिलो हतियार प्रहार

    घोराहीमा सुन लुट्न ६० वर्षीया वृद्धामाथि धारिलो हतियार प्रहार

    494
    SHARES
    घोराहीमा सुन लुट्न ६० वर्षीया वृद्धामाथि धारिलो हतियार प्रहार

    दाङ । घोराहीमा ६० बर्षीया वृद्धमाथि धारिलो हतियार प्रहार भएको छ।


    एसेवा


    जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सन्तोष न्यौपाने अनुसार जिल्लाको घोराही उपमहानगरपालिका–१३ सेवारकी ६० बर्षीया राकीमाया रोकामाथि बिहीबार अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी उनको सुन र मोबाइल लुटिएको छ ।

    उनले धारिलो हतियार प्रहारबाट राकीमायाको ढाड, टाउको, घाँटीमा चोट लागेको बताए ।

    गम्भीर घाइते राकीमायालाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पुर्‍याइएको थियो।

    त्यहाँबाट रेफर गरी भैरहवामा उपचार भइरहेका प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिए।

    बुधबार घरमै बसिरहेको अवस्थामा अपराह्न साढे चार बजे अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी सुनको सिक्री र मोवाइल लुटेर भागेको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend