logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • श्रोत नखुलेको ४ लाख १७ हजार भारतीय रुपैयाँसहित युवक पक्राउ

    श्रोत नखुलेको ४ लाख १७ हजार भारतीय रुपैयाँसहित युवक पक्राउ

    3K
    Shares
    श्रोत नखुलेको ४ लाख १७ हजार भारतीय रुपैयाँसहित युवक पक्राउ

    कपिलवस्तु । स्रोत नखुलाइएको चार लाखभन्दा बढी भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका–३ का २२ वर्षीय राजकुमार पुन रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार उनलाई कपिलवस्तुको कृष्णनगर नगरपालिका -२ यात्रुगेट नजिकैबाट मंगलवार राति पक्राउ गरिएको हो ।

    भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका पुनले बोकेको झोलाबाट भारतीय रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको साथबाट ४ लाख १७ हजार भारतीय रुपैयाँ बरामद भएको छ ।

    भारतीय रुपैयाँ ५०० दरका नोट ७ सय ९४ थान र २०० दरका नोट १०० थान फेला परेको प्रहरी नायब उपरीक्षक घलेले बताए । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend