logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • समाजवादी प्रेस सङ्गठनको निर्वाचन प्रक्रिया सुरु

    समाजवादी प्रेस सङ्गठनको निर्वाचन प्रक्रिया सुरु

    1K
    Shares
    समाजवादी प्रेस सङ्गठनको निर्वाचन प्रक्रिया सुरु

    काठमाडौं । समाजवादी प्रेस सङ्गठनको शुक्रबारदेखि सुरु भएको प्रथम महाधिवेशनअन्तर्गत आज निर्वाचन प्रक्रिया सुरु भएको छ । सोका लागि सबै पदमा मनोनयन दाखिला सम्पन्न भएको छ ।

    अध्यक्षदेखि केन्द्रीय सदस्यमा खुला र समावेशी गरी कूल एक सय ३६ पदमा निर्वाचन हुने निर्वाचन समितिका सदस्य नारायण सुवेदीले जानकारी दिए ।

    निर्वाचन समितिको संयोजकमा माधव पौडेल तथा सदस्यमा विक्रम मैनाली, योगेन्द्र सिंहलगायत रहेका छन् । महाधिवेशनमा ७७ जिल्लाका करिब चार सय प्रतिनिधि सहभागी छन् ।

    उक्त महाधिवेशनको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले शुक्रबार उद्घाटन गरेका थिए। विसं २०७८ भदौ १० गते वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको संयोजकत्वमा सो सङ्गठन गठन गरिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend