logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • पुराना राजनीतिक दलहरूका विरुद्ध अभियान नै चलाउन खोजिएको छ: अध्यक्ष ओली

    पुराना राजनीतिक दलहरूका विरुद्ध अभियान नै चलाउन खोजिएको छ: अध्यक्ष ओली

    1.7K
    Shares
    पुराना राजनीतिक दलहरूका विरुद्ध अभियान नै चलाउन खोजिएको छ: अध्यक्ष ओली

    काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवम् केपी शर्मा ओलीले पुराना राजनीतिक दलहरूले गरेको संघर्ष र योगदानलाई कम आँकेर त्यसले ल्याएको परिवर्तित अवस्थाका विरुद्ध अभियान संचालन खोजिएको आरोप लगाएका छन् ।

    शनिबार काठमाडौंमा नेपाल निजामती कर्माचारी संगठनले आयोजना गरेको दोस्रो राष्ट्रिय महिला भेलाको उद्घाटन गर्दै ओलीले पुराना दल र नेताविरुद्ध अभियान संचालन गर्न खोजिएको बताएका हुन् । विगतका शासनमा बोल्न पनि नपाइने अवस्थालाई संघर्षबाट ल्याएको उनको भनाइ थियो ।

    ‘अहिले पुरानाहरूका विरुद्ध एउटा अभियान संचालन गर्न खोजिएको छ, योगदानका विरुद्ध अभियान संचालन गर्न खोजिएको छ, त्यागका विरुद्ध अभियान संचालन गर्न खोजिएको छ, संघर्षका विरुद्ध अभियान संचालन गर्न खोजिएको छ,’ उनले भने ।

    राजनीतिक संघर्षबाट ल्याएको व्यवस्थालाई बुझ्न नसकेर त्यसका विरुद्ध अभियान चलाउन खोजिएको ओलीले बताए ।

    विगतका आन्दोलन र राजनीतिक संघर्षविरुद्ध अभियान संचालन गर्नेहरूले इतिहासलाई सम्मान गर्छौं भनेको कुरा नसुहाउँदो भएको ओलीको भनाइ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend