logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • भोक्राहा नरसिंह गाउँपालिकालाई ‘विशेष आर्थिक क्षेत्र’ घोषणा गर्नुपर्छ : सांसद कार्की

    भोक्राहा नरसिंह गाउँपालिकालाई ‘विशेष आर्थिक क्षेत्र’ घोषणा गर्नुपर्छ : सांसद कार्की

    1.3K
    Shares
    भोक्राहा नरसिंह गाउँपालिकालाई ‘विशेष आर्थिक क्षेत्र’ घोषणा गर्नुपर्छ : सांसद कार्की

    काठमाडौं । नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीस्थित भोक्राहा नरसिंह गाउँपालिकालाई ‘विशेष आर्थिक क्षेत्र’ घोषणा गर्न सरकारसँग माग गरेका छन् ।

    मंगलबार प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै उनले सो क्षेत्रमा आवश्यक पूर्वाधार विकास भईसकेकाले विशेष आर्थिक क्षेत्र घोषणा गर्न सरकारले ढिलाई गर्न नहुने तर्क समेत गरे ।

    सांसद कार्कीले पूर्वी पहाडी जिल्लाहरुमा बाढि र पहिरोमा परी धेरै धनजनको क्षति भएको उल्लेख गर्दै पीडितलाई उचित राहत, उद्धार र पुनर्वासको आवश्यक व्यवस्था मिलाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

    उनले भने, ‘सुनसरी जिल्ला अवस्थित भोक्राहा नरसिंह गाउँपालिका विशेष आर्थिक क्षेत्रको रुपमा विकसित गर्नका निमित्त, यहाँ पूर्वाधारको व्यवस्था छ । तसर्थ, उक्त गाउँपालिकालाई विशेष आर्थिक क्षेत्रको रुपमा परिणत गर्न समामुखमार्फत माननीय अर्थमन्त्रीज्यूको ध्यान आषर्कण गराउन चाहन्छु । गत शनिबार संखुवासभा, तेह्रथुम, ताप्लेजुङमा जुन भिषण वर्षा भयो । त्यसबाट त्यहाँ धेरै जन र धनको क्षति भएको छ । त्यो क्षतिलाई राहत, उद्धार र पुनस्र्थापना गर्दै त्यहाँको जनजीवनलाई सहज बनाउन सरकारको विशेष ध्यान जाओस भन्ने पनि म कामना गर्दछु ।’

    सांसद कार्कीले बाढि, पहिरो पीडितलाई सहज हुने गरी आवश्यक खाद्यान्न लगायतका अति आवश्यक बस्तुहरुको व्यवस्था मिलाउन पनि सरकारले ध्यान दिनुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend