logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • सिजनमै किसानलाई मल दिन नसके सरकारले न्याय दिएको ठहरिँदैनः सांसद कार्की

    सिजनमै किसानलाई मल दिन नसके सरकारले न्याय दिएको ठहरिँदैनः सांसद कार्की

    1.8K
    Shares
    सिजनमै किसानलाई मल दिन नसके सरकारले न्याय दिएको ठहरिँदैनः सांसद कार्की

    काठमाडौं । नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले समयमा नै किसानहरुलाई रासयनिक मल उपलब्ध गराउन नसके समितिको छलफलको सार्थकता नरहेको बताएका छन् ।

    बिहीवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको सिजनमा समयमा नै मल दिन नसके किसानप्रति सरकारले न्याय गरेको नठहरिने बताए ।

    सरकारले बजेट वा अन्य कुनैपनि बहानामा मल कृषकलाई दिन नसक्नु समग्र कषि प्रणालीकै लागि राम्रो नहुने बताए । उनले मल वितरण प्रणालीमा कुनै अनियमितता भएको भए अनियमितता गर्नेहरुलाई कारबाही गर्न आग्रह गरे ।

    उनले भने, ‘जस्टिल डिले इज जस्टिस डिनाइट भन्छ । हामीले समयमा न्याय दिन सकेनौँ भने त्यो न्याय दिएको अर्थ छैन । अहिले मलको छलफल चलिरहेको छ, हामीले छलफलमा मात्रै समय दिएर कृषकलाई अहिलेको सिजनमा मल दिन नसके यो छलफलको कुनै सार्थकता हुँदैन । बजेटको वा कुनै बहानामा मल कृषकलाई दिन नसक्नु राम्रो हुँदैन । त्यसमा कुनै अनियमितता भएको छ भने कारबाही हुनुपर्छ । मललाई यो वा त्यो बहानामा आपूर्तिबाट रोक्ने काम गर्नु हुँदैन ।’

    सांसद कार्कीले नेपाल अनुदानको संस्कृतिमा रमाउने कुरामा बढी केन्द्रित हुँदै गएको र देशका उर्वर जमीनलाई सुख्खा जमीनमा परिणत गर्ने संस्कृति मौलाउँदै गएको भन्दै चिन्ता व्यक्त गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend