logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • एनआईसी एशिया बैंकले ल्यायो ‘मुद्दती खाता कर्जा,’ अनलाइनबाटै २ लाखसम्मको कर्जा तुरुन्तै पाइने

    एनआईसी एशिया बैंकले ल्यायो ‘मुद्दती खाता कर्जा,’ अनलाइनबाटै २ लाखसम्मको कर्जा तुरुन्तै पाइने

    6.9K
    Shares
    एनआईसी एशिया बैंकले ल्यायो ‘मुद्दती खाता कर्जा,’ अनलाइनबाटै २ लाखसम्मको कर्जा तुरुन्तै पाइने

    काठमाडौं । एनआईसी एशिया बैंकले मुद्दती खातामा आधारित अनलाइन कर्जा ‘अनलाइन लोन एगेन्स्ट फिक्स डिपोजिट’ नामको अर्को एक उत्कृष्ट योजना ल्याएको छ । यस योजनाअन्तर्गत बैंकमा मुद्दती निक्षेप राखेका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ्ग (मोबैंक) एप वा वेबसाइटबाट आवेदन दिई निक्षेपको ९० प्रतिशतसम्म वा अधिकतम २ लाख रुपैँयासम्मको कर्जा तुरुन्तै प्राप्त गर्न सक्नेछन् ।

    बैंकले ल्याएको यस कर्जाको लाभ लिन योग्य ग्राहकहरूले मोबाइल बैंकिङ्ग एप वा वेबसाइटमा उपलब्ध ‘एप्लाई फर लोन अगेन्स्ट एफडी’ विकल्प जान सक्नेछन् । उक्त विकल्प छनौट गरेपछि सिस्टमले आवेदनको मुद्दती खाताको विवरण र निजको खातामा उपलब्ध रकम तत्कालै जानकारी लिनेछ र यसपछि ग्राहकहरूले आफूले चाहेको कर्जा रकमको विवरण भरेपछि २ लाख रुपैँयासम्मको कर्जाको लागि आवश्यक विवरण भरेपछि ओटीपी कोड प्राप्त हुनेछ । अब उक्त ओटीपी कोड हालेर सर्त मञ्जुरीमा क्लिक गरेर प्रविष्ट गरेपछि कर्जा रकम ग्राहकहरूको खातामा तुरुन्तै जम्मा हुनेछ ।

    बैँकका अनुसार यो योजनमार्फत २ लाखभन्दा माथिको कर्जाको हकमा भने लागि ग्राहकहरूले डिजिटल फर्म भरेर यस बैंकको शाखा कार्यालयमा गई आवश्यक प्रकृया पूरा गरेपछि कर्जा प्राप्त गर्न सक्नेछन् । यसरी मुद्दती खाता कर्जा प्राप्त गर्ने ग्राहकहरूले हरेक त्रयमासको अन्तसम्ममा ब्याज भुक्तानी गर्नुपर्ने नियम रहेको छ भने कर्जा लिएको एक वर्ष वा मुद्दती खाता परिपक्व हुने दिनको अघिल्लो दिनसम्म साँवा भुक्तानी गर्नुपर्ने बैँकले जनाएको छ ।

    न्यूनतम ५ हजार रुपैँया कर्जा सीमा उपलब्ध यस योजनामा ग्राहकहरूले प्राप्त गर्ने कर्जाको अधिकतम सीमा, ब्याजदर, प्रकृया शुल्क, कर्जा भुक्तानी सुविधा, पुर्नतालिकीकरण, सर्तहरूका बारेमा कर्जा लिने प्रकृयाको क्रममा जानकारी प्राप्त गर्न सक्ने बैँकले जनाएका छ ।

    बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ५१९ एटीएम, १११ वटा विस्तारित काउण्टर एवं ६५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा समेत बैकिङ सेवा उपलब्ध गराउँदै आईरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend