logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • तिहारअघि नै झिलिमिली काठमाडौं (फोटोफिचर)

    तिहारअघि नै झिलिमिली काठमाडौं (फोटोफिचर)

    2.4K
    Shares
    तिहारअघि नै झिलिमिली काठमाडौं (फोटोफिचर)

    काठमाडाैँ । तिहार आउन अझै १३ दिन बाँकी छ । तर, बजार डुल्दा झिलिमिली देखिन्छ । यो झिलिमिलीले तिहार आइसक्यो भन्ने लाग्छ । संघीय राजधानी काठमाडौंको बजार आजकाल गुल्जार छ ।

    तिहारले छुन करिव दुई हप्ता अघिदेखि नै राजधानीका घरहरुमा झिलिमिली बत्ती बालिएको छ । तिहारलाई फूल, रङ र उज्यालोको पर्वको रुपमा लिइन्छ । न त जाडो, न त गर्मी । यो मौसम पनि आफैँमा मनमोहक लाग्ने खालको छ । सधैँ पैसाको कुरा र कारोबार गर्ने व्यवसायिक घराना, बैंक र बीमा कम्पनी लक्ष्मीलाई आकर्षित गर्न बिजुलीको उज्यालोले झिलिमिली बनेका छन् ।

    धनमाथि धन कमियोस् भन्ने उद्देश्यका साथ तिहारमा लक्ष्मीलाई पुजेर झिलिमिली बत्ती बाल्ने गरिन्छ । तिहार झिलिमिली बत्ती र फूलको पर्व हो । एक आपसमा खुशी बाँड्दै रमाइलो गरी देउसी र भैली खेल्दै मनाइने चाड हो तिहार । तिहारमा दियो, बत्ती बालेर घरलाई झिलिमिली पारिन्छ । फूलको मालाले सिंगारिन्छ । अझ लक्ष्मीपूजाको साँझमा हरेक घरमा उज्यालो हुन्छ । परम्परागत दियो बाल्ने चलन हिजोआज लोप भएर आधुनिक झिलिमिली बत्तीले ठाउँ पाएको छ ।

    जसले यतिबेला काठमाडौं उपत्यकाका बजारहरु रंगीन छन् । दशैँ सकिनै अझै एक दिन बाँकी छ । तर काठमाडौंमा दशैँको रौनक नसकिँदै तिहारको झल्को देखिन थालिसकेको छ । यो क्रम छठ पर्वसम्म नै हुन्छ । दीपावलीमा गाउँ शहर झिलीमिली हुने कुरा त स्वभाविक नै हो तर पछिल्लो समय पर्वहरुको अवसर पारेर बजार रंगीन बनाइन्छ ।

    हेरौं राजधानीमा पर्वहरुको अवसरमा झिलीमिली बत्तीको माहोलका केही दृश्यः


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend