logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिवको गाडीमा तोडफोड

    उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिवको गाडीमा तोडफोड

    6.4K
    Shares
    उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिवको गाडीमा तोडफोड

    कैलाली । सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिवको गाडीमा कैलालीको फुलबारीमा तोडफोड भएको छ । सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव जिवनाथ पौडेल सवार सुपप्र ०१००१ झ ४९३ नम्बरको गाडिमा बुधवार तोडफोड भएको हो ।

    कैलाललिको धनगढी उपमहानगरपालिका १९ बसन्ताको वनबाट अवलोकन गरि फर्किने क्रममा गाडिमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोस बस्यालले जानकारी दिए । तोडफोडबाट गाडीको सिसामा क्षति भएको प्रहरीले बताएको छ ।

    तोडफोडमा सङ्लङ्न रहेको भन्दै प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएर सोधपुछ भईरहेको प्रहरी निरिक्षक बस्यालले जानकारी दिए । नियन्त्रण्मा लिएका पाँचै जनाले आफु सम्लग्न नरहेको बयान दिरहेको प्रहरी कार्यालय कैलाली स्रोतले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend