logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • ऋण अपचलनको आरोपमा प्रभु बैंकका डेपुटी सिइओ मनोज न्यौपाने पक्राउ

    ऋण अपचलनको आरोपमा प्रभु बैंकका डेपुटी सिइओ मनोज न्यौपाने पक्राउ

    9.6K
    Shares
    ऋण अपचलनको आरोपमा प्रभु बैंकका डेपुटी सिइओ मनोज न्यौपाने पक्राउ

    काठमाडौं। प्रभु बैंकको सिनियर डेपुटी सिइओ मनोज न्यौपाने ऋण अपचलन गरेको अभियोगमा पक्राउ परेका छन्। प्रभुका डेपुटी सिइओ न्यौपानेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले मंगलबार पक्राउ गरेको हो । न्यौपाने तत्कालिन सेन्चुरी कमर्शियल बैंक (हाल प्रभुमा समाहित भइसकेको छ) मा प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुँदा ठूलो रकम ऋण अपचलन गरेको आरोप लगाइएको छ।

    सेन्चुरी प्रभु बैंकमा विलय भएपछि उनी सिनियर डेपुटी सिइओको रुपमा कार्यरत छन्। सेन्चुरीमा ठूलो रकम कर्जा दुरुपयोग हुँदा मर्जपछि प्रभु बैंकको निष्क्रिय कर्जा अनुपात बढेर झण्डै ५ प्रतिशत नजिक पुगेको छ।

    कर्जा अपचलन गरेको आरोपमा लागेका न्यौपानेलाई नेपाल राष्ट्र बैंकको आग्रहमा सिआइबीले पक्राउ गरेको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको हो। सिआइबीले यसको विस्तृत अनुसन्धान गर्दै छ।

    २०७९ वैशाख २ गतेदेखि लागू हुने गरी न्यौपानेलाई ४ वर्षका लागि सेन्चुरीको सिईओ नियुक्त भएका थिए। न्यौपानेले २०७८ साउन १ गतेबाट कार्यबाहक सिईओको जिम्मेवारी सम्हाल्दै आएका थिए। काठमाडौं विश्व विद्यालयबाट एमबीएमा स्नातकोत्तर गरेका न्यौपानेको बैंकिंङ्ग क्षेत्रमा दुई दशक भन्दा बढीको अनुभव छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend