logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • पाल्पामा घाँटी रेटेर १९ बर्षीया युवतीको बीभत्स ढंगले हत्या,भैरहवाबाट तामिल प्राप्त कुकुर घटनास्थलमा

    पाल्पामा घाँटी रेटेर १९ बर्षीया युवतीको बीभत्स ढंगले हत्या,भैरहवाबाट तामिल प्राप्त कुकुर घटनास्थलमा

    1.7K
    Shares
    पाल्पामा घाँटी रेटेर १९ बर्षीया युवतीको बीभत्स ढंगले हत्या,भैरहवाबाट तामिल प्राप्त कुकुर घटनास्थलमा

    काठमाडौँ । पाल्पामा एक युवतीको घाँटी रेटेर बीभत्स ढंगले हत्या भएको छ ।

    पाल्पाको रिब्दीकोट गाउँपालिका–१ ख्याहामा १९ बर्षीया पदमा सुनारको बीभत्स ढंगले हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । हत्याको विषयमा अनुसन्धान गर्नको लागि भैरहवाबाट तामिल प्राप्त कुकुरलाई घटनास्थल लगिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख तथा प्रहरी उपरीक्षक नरेन्द्र चन्दले सुनौलो नेपाललाई जानकारी दिए ।

    उनले भने, “मंगलबार दिउँसो ४ बजे घर नजिकैको पँधेरोमा नुहाएर फर्किने क्रममा पद्मा सुनारको हत्या भएको छ, उक्त घटनाका विषयमा हामी अनुसन्धान गर्दैछौँ ।”

    उनी स्थानीय शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् । शवलाई अहिले पोष्टमाट्मको लागि जिल्ला अस्पताल तानसेन लगिएको जनाइएको छ ।

    मंगलबार दिउँसो ४ बजे घर नजिकैको पँधेरोमा नुहाउन गएकी पद्मा साँझ अबेरसम्म नफर्किएपछि खोजी गर्ने क्रममा हत्या भएको अवस्थामा शव भेटिएको हो । उनको शरीरका विभिन्न भागमा धारिलो हतियारले काटिएको पाइएको प्रहरीको भनाइ छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend